भक्तपुरमा बाढी पहिरोको कारणले करोडौंको क्षति

221

असार ३१,
भक्तपुर । केही दिन अगाडी परेको अविरल वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न स्थानमा भएको डुबान र पहिरोको कारणले करिब १२ करोडको क्षति भएको छ । आइतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारीक नारायण प्रसाद भट्टको अनुसार डुबान र पहिरोले ११ करोड ९३ लाख ५० हजार १ सय २५को क्षति भएको हो । जिल्लाको राधेराधे, ठिमी, निकोसेरा, सृजनानगर, लिवाली, जागाती, हनुमान घाट लगायतका क्षेत्रहरु डुवानमा परेका थियो ।

पहिरोका कारण चाँगुनारायण नगपालिका वडा नम्बर ७ मा तीन जनाको मृत्यु भएको थियो । बाढी तथा पहिरोको कारण भक्तपुर जिल्लामा करिब ५० घर टहरामा आशिंक क्षति भएको छ भने करिब ५ सय ५० परिवार विस्थापित भएका प्रारम्भिक आंकलन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले बताए । उनले डुबानमा परि विस्थापित परिवारका लागी जिल्ला विपद ब्यवस्थापन समिति, नेपाल रेडक्रश सोसाईटी भक्तपुर शाखा, स्थानिय तहबाट राहत सामग्रीहरु वितरण गरिएको समेत जानकारी दिएका छन्

यस्तै डुबानका कारण घरमा पानी पसेका कारण अन्नवालि लगाएत जिन्सिमा क्षति पुगेको छ भने अस्पताल, कलकारखाना, होटल ब्यवसायमा डुबान हुँदा भौतिक संरचनाहरुमा अकल्पनिय क्षति भएको छ । बाढी तथा पहिरोको सुचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रश सोसाईटी भक्तपुरका उद्धारकर्मी एंव स्ययंसेवकहरु खोज तथा उद्धार कार्यमा परिचालन भएका थिए ।

अव्यवस्थित शहरीकरण, हनुमन्ते, मनहरा नदी तथा सहायक नदीहरुको अतिक्रमण, विपद पूर्वतयारीको अभाव, पानीको उपयूक्त निकासको अभाव लगायतका कारण हनुमन्ते, मनहरा नदीको आसपासका वस्तीहरु बर्षेनी डुबानमा पर्ने गरेका छन् ।
यसको समिक्षा गरी आगामी दिनमा विपद न्यनीकरणको लागी बिद्यमान विपद पुर्वतयारी कार्ययोजनाको पुनरावलोकन गर्नुपर्ने समेत प्रमुख जिल्ला अधिकारको भनाई रहेको छ ।