असार १०,
सिरहा । सिरहाको गोलबजार नपा–२ को पर्यटकीयस्थल गुम्विखाडी दह जोड्ने मैनाबत्ती खोलामा बन्दैगरेको पुल बाढिले भत्काएको छ ।राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिको ४५ लाख लागतमा उपभोक्ता समितिमार्फत बन्दैगरेको पुल शनिवार विहानआएको बाढीले भत्काएको हो । खोलाको वहावलाई ख्यालै नगर पुल बनाएकोले पानीको गतिधेरैभएर पुल भत्किएको स्थानीय रामदयाल साहले बताए । उनले स्थानीयले चुरेक्षेत्रको खोला भएकाले यहाँ झाडीहरुसमेत बगाएर ल्याउने भएकाले यहाँ होमपाईपले काम नगर्ने बताएपनि विकास समितिले जवरजस्ती होमपाईप लगाएको बताए । त्यसमा पनि असारको वेलामा काम गरेर समितिले बजेट झ्वाम पार्ने योजना बनाएको आरोप स्थानीय लगाएको छ ।