३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान समितिको म्याद फेरि थपिएको

279

असार ३,
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न गृहमन्त्रालयले बनाएको विशेष समितिको म्याद फेरि थपिएको छ। समितिको म्याद एक महिना थप भएको हो। गृहमन्त्री रामबहादुर थापाले सनम शाक्य हत्या प्रकरण र गायव भएको तस्करीको सुनको अनुसन्धान गर्नका लागि विशेष समिति बनाएका थिए। गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले उक्त विशेष समिति गठन गरेको थियो। हाल सम्म उक्त समितिले सुन तस्करी र सनम शाक्य हत्या काण्डको अनुसन्धानलाई निर्णायक मोडमा पुर्याउन सकेको छैन।