जेठ २९,
सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर वार्ता सुरु भएको छ ।
दुवै नेताले शिखर वार्ताका लागि निर्धारित स्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन् । उनीहरुबीच प्रारम्भिक छलफल सुरु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । इतिहास मै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको हो । उत्तर कोरियाली नेता किमसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै वार्ताको तयारी राम्रो रहेको जनाएका छन् । तर यस्ता कुराले धेरै महत्व नराख्ने प्रष्ट पार्दै उनले भनेका छन्, ‘शिखर वार्तामा कुनै सम्झौता हुन्छ वा हुँदैन भन्ने चाँडै नै थाहा हुन्छ ।’