जेठ १७,
गुल्मी । पाल्पा सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको बस दुर्घटनामा परेको छ । जसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।
पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन-४ का कृष्णबहादुर बोहोरा, तानसेन-३ का छत्रराज शाक्य, तानसेन-६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन-६ का दुर्गाबहादुर सारु, तानसेन- का देवेन्द्रलाल प्रधान, तानसेन-३ का कृष्णमान बज्राचार्य, तानसेन-६ का सचिव बज्राचार्य, तानसेन-२ का लोकप्रसाद ढकाल, तानसेन-३ की बसन्ती खाँण, तानसेन-६ का गीता बुढाथोकी, तानसेन-३ की कमला कार्की र तानसेन-५ की दुर्गा श्रेष्ठ रहेका छन् ।
सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् । यस्तै घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन-सहचालक, तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा ९चालक० र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् । घाइते प्रविन बज्राचार्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ ।