जेठ १८,
काठमाडौं । सत्तारुढ नेकपाका सांसदहरूले अर्थमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमाथि गम्भीर असन्तुष्टी जनाएका छन्। बजेटले राजनीतिक उद्देश्य पूरा गर्नेगरी नआएको समेत प्रतिक्रिया दिएका छन्। शुक्रबार सदनमा गरिएको छलफलमा नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नी सापकोटाले बजेटले राजनीतिक प्राथमिकता नबुझेको बताएका हुन्। ुलेख्न पर्ने च्याउ, लेखियो स्याउु सापकोटलो भने ुत्यही सच्याउन आनाकानी गर्नेरुु उनले राजनीतिभन्दा बाहिरबाट अर्थमन्त्री आएको संकेत गर्दै मर्म बजेटले नबुझेको बताएका हुन्। किताबी ज्ञानभन्दा भोगेको ज्ञान माथि हुने भएको समेत टिप्पणी गरे। बजेट नुहँदा सांसदका गला अवरोध भएका विषयलाई नउडाउनको लागि उनको आग्रह छ। त्यस्तै बजेटले राजनीतिक दलका नेताको योगदानलाई समेत अवमूल्यन गरेको आरोप सापकोटाले लगाए। निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रमा सांसददाई भूमिका विहीन गरिएको र त्यो गलत भएकोसमेत संकेत गरेका छन्।