जेठ १७,
काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि गठन गरिएको नेकपाले आजबाट आफ्नो नाम परिवर्तन गर्ने भएको छ । यसअघि ‘नेकपा अन्डरलाईन’ नाम राखेको उक्त पार्टीले निर्वाचन आयोगले आयोगमा दल दर्ता गर्न अस्वीकार गर्दै नाम परिवर्तन गर्न सुझाव दिएपछि नेकपा अनडरलाइनले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।‘पार्टी एकतापछि हामीले निर्वाचन आयोगसँग निरन्तर छलफल र बहस गर्यौ, आयोगले पनि नाम जुध्यो, मिलाउन सक्ने अवस्था छ कि छैन ? भनेर सोध्यो त्यसपछि हामीले पार्टीमा पनि यसवारे छलफल गर्यौ, दुर्य अध्यक्षसँग पनि छलफल गर्यौ, छलफलले नेपाल कम्युनिष्ट पार्टी नेकपा राख्दा नजुधने र नयाँ नाम हुने भएकाले त्यहि नाम आयोगमा दर्ता गर्ने निर्णयमा पुग्यौ’ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले बताए । नाम परिवर्तनका लागि आवाश्यक कागजपत्रसहित आजै बिहीबार निर्वाचन आयोगमा पुगेर नाम परिवर्तनको प्रकृया अघि बढाउने तयारी सो पार्टीले गरेको छ । ‘ अव पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ब्राकेटमा नेकपा र अङग्रेजीमा एनसीपी राखिनेछ । यति गरेपछि हाम्रो नयाँ नाम हुनेछ’ नेम्वाङले भने । नाम परिवर्तनबारे बुधबारको संसदीय दलमा समेत छलफल भएको थियो । छलफलमा नेता नेम्वाङ र अर्का नेता देव गुरुङले नयाँ नाम प्रस्ताव गरेका थिए । त्यसक्रममा अध्यक्ष केपी ओली र प्रचण्डले कसैलाई असर नपर्नेगरी नाम तय गर्नुपर्ने धारणा राखेका थिए । सोही बैठकले नेताद्धय नेम्वाङ र गुरुङलाई नाम परिवर्तन गरि आयोगमा दर्ता गर्न जिम्मेवारी दिएकाले आजै आयोग जाने नेताहरुले बताएका छन् । यसअघि सो पाटीले दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको नाम आयोगलाई बुझाइसकेको छ । नाम परिवर्तनका लागि निवेदन र निर्णयका कागज आयोगले पाएपछि त्यसको छानविन गरेर आयोगले प्रमाणपत्र दिनेछ ।