वार्षिक ४० लाखभन्दा बढी कमाउँछन् कैदीबन्दी

176

जेठ १७,
गुल्मी । जिल्ला कारागार गुल्मीका कैदीबन्दीले सिलाइकटाइ तालिम लिन थालेका छन्। जिल्ला कारागार गुल्मीको आयोजनामा कारागारमा रहेका पुरुष कैदी बन्दीका लागि एक महिने सिलाइ कटाइ तालिम सुरु भएको हो। १० पुरुष कैदीबन्दीलाई तालिम दिन सुरु गरेको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले बताए। अहिले तालिमका लागि ५० हजार रकम भएकाले धेरैलाई समेट्न नसकिएको बताए। हाल जिल्ला कारागार गुल्मीमा ६५ जना कैदीबन्दी छन्। २५ जनाको क्षमता भएपनि तेब्बर कैदी बन्दी बस्दै आएका छन्। जिल्ला कारागार गुल्मीले विभिन्न मुद्दामा कारागार रहेकालाई उद्यमी बनाउन विभिन्न तालिम सञ्चालन गरिरहेको छ। विभिन्न संघ संस्थाबाट तालिम लिएर कैदीबन्दीले मुडा, ढाका बुनाइ र सिलाइ कटाइलगायत काम गर्दै आएका छन्। कारागारमा वार्षिक ४० लाखभन्दा बढी आर्थिक कारोबार हुने पाण्डेयले बताए।