सम्मानका लागि भन्दै सयौँ दलितले गरे धर्मपरिवर्तन

304

बीबीसी हिन्दी । भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दलित समुदायका झन्डै तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्म अपनाएका छन्। धर्मपरिवर्तन गरेकामध्ये उनामा भएको कुटपिटको घटनाका पीडित पनि छन्।
उनाको मोटा समाधियाला गाउँमा सन् २०१६ मा ुगोरक्षकु का रूपमा आफूलाई चिनाउने मानिसहरूले वाश्रम सरवैया तथा उनका भाइलाई गाई मारेको आरोप लगाउँदै अर्धनग्न पारेर कुटपिट गरेका थिए। उक्त घटनापश्चात् गुजरातका दलितहरू आक्रोशित भए र उनीहरूले कैयौँ स्थानमा विरोधप्रदर्शन गरे। त्यसरी रुष्ट भएका कैयौँ मानिसहरूले आइतवार बौद्ध धर्म अङ्गीकार गरेका छन्। उनाका पीडितहरूले यसअघि नै आफ्ना परिवारले धर्म परिवर्तन गर्न लागेको घोषणा गरेका थिए।

हिन्दु धर्ममा निरन्तर भेदभाव भोग्नुपरेको र राज्य सरकार आफूलाई कुनै पनि सहयोग नगरेको उनीहरूको आरोप थियो। सरवैया परिवारले नै आइतवारको कार्यक्रम आयोजना गरेको थियो। सो समारोहमा गुजरातका विभिन्न भागबाट आएका दलितहरू सहभागी भएका थिए। उना घटनापछि राष्ट्रिय स्तरमै चर्चा कमाएका जिग्नेश मेवाणीजस्ता दलित नेता भने उक्त समारोहमा उपस्थित भएनन्।
प्रतिज्ञा
पिता बालू सरवैया तथा नातामा भाइ पर्ने अशोक सरवैयासँगै बौद्ध धर्म अपनाएका वाश्रम, रमेश तथा बेचरले अम्बेडकारका बाइस प्रतिज्ञाहरूु दोहोर्‍याए। ती प्रतिज्ञामा हिन्दु देवीदेवतामा आस्था नराख्ने तथा हिन्दु रीतिरिवाजको पालना नगर्नेु उल्लेख छ।
तापक्रम झन्डै ४३ डिग्री सेल्सिअस पुगेको भए पनि समारोहमा आएका सबैले कार्यक्रम नसकिएसम्म आफू बसेको ठाउँ छोडेनन्।
बीबीसी गुजरातीसँग कुरा गर्दै बालूले आफूले नयाँ जीवन सुरु गर्न लागेको बताए।
उनले भने, हामी सबै राज्यमा बौद्ध धर्मको प्रवर्धन गर्न काम गर्नेछौँ र डा। बीआर अम्बेडकरले देखाएको मार्गमा हिँड्नेछौँ।