बैशाख १७,
काठमाडौ । नेकपामा ओवादी केन्द्रका नेताएवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकताहुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदनगरिसकेका छन्, अब यसबाट दायाँबायाँहुने नैतिक धरातल केपीओली र पुष्पकमलदाहाल प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन।’क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एकता महाधिवेशन नहुञ्जेल अध्यक्ष, प्रधानमन्त्रीदेखि सबैमाआलोपालो नेतृत्वहुने बताए । अध्यक्षदेखि प्रधानमन्त्रीमात्रै नभएर सबै कुरामा नेतृत्व आलोपालो हुने पौडेलको भनाइ थियो ।
नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले यहीवैशाख २२ गतेभित्रै एमाले–माओवादी केन्द्रबीच एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘ढुक्क हुनुहोस् यहीवैशाख २२ गते पार्टी एकता हुन्छ, २३ गतेबाट हामी नेपाल कम्युनिष्ट पार्टीको सदस्यहुन्छौं ।’
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएकोले उनीहरुले छिट्टै एकता टुंगो लगाउने फुँयालले जिकिर गरे । पुष्पलालश्रेष्ठ, मदन भण्डारी र मनमोहनअधिकारीले देखेको सपनाअबओली र प्रचण्डले पूरा गर्ने उनको भनाइथियो । कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर यहीवैशाख २२ गते नै आफूहरुले एकतागर्ने प्रवल सम्भावना रहेको नेताफूयाँलले जानकारी दिए ।