एजेन्सी । भारतीय पत्रकार तथा कार्टुनिष्ट स्वाति वडलामडीलाई बलात्कार बिरोधी कार्टुन बनाएपछि धम्की तथा बिरोधको ओइरो लागेको छ । उनकाबिरुद्द पुलिसले केश समेत फाइल गरेको छ । उनले उक्त कार्टूनमा भगवान राम र सीताबीचको कुराकानी आधारित रहेर कार्टुनमार्फत बलात्कारको बिरोध गरेकी छन् । जसमा सीताले आफ्नो अपहरण आफ्ना पतिका भक्तहरुले नगरी रामणले गरेकोले आफू ९बलात्कार० बाट जोगिएको आसय व्यक्त गरिएको छ ।
उनले बनाएको यो कार्टून सामाजिक सञ्जालमा भाइरल बनेको छ । साथै कार्टुनमा हिन्दु धर्मका पात्रहरुको प्रयोग गरेकोले उनको बिरोध भएको छ । ज्यान मार्नेसम्मको धम्की आएपनि आफू यसबाट बिचलित नभएको र यस्ता खालका कार्टुन बनाउने आफ्नो आदत भएको प्रतिक्रिया दिएकी छन् । कार्टुनिष्ट वडलामडीले भारतमा भएका श्रृंखलाबद्ध सामूहिक बलात्कार र हत्याका घटनालाई लिएर यो कार्टून बनाएको र बलात्कारीको समर्थनमा निस्किएको (यालीमा भगवान रामका भक्त भएको समाचार सार्वजनिक भएपछि यस्तो खालको कार्टुन बनाउन प्रेरणा मिलेको बताएकी छन् ।