बैशाख ३,
भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको समय दुई दिन थप भएको आयोजक संस्थाले जानकारी दिएको छ । सर्वसाधरणको चाहाना बमोजिम दुई दिन समय थप भएको हो । आज ३ गते समापन गरिने पूर्व तयारी भएपनि मेला अब ५ गतेसम्म चल्ने छ । मेलामा हालसम्म ३ करोडभन्दा बढिको व्यापार भएको आयोजकले जनाएका छन् । नयाँ बर्षको अवसरमा गत चैत्र २३ गतेदेखी सञ्चालन भईरहेको मेलामा हालसम्म करिव ५० हजारको सहभागिता रहेको र मेलामा राखिएका दैनिक उपभोग्य सामग्रीका साथै बिभिन्न मनोरञ्जनात्मक कार्यक्रममा २ करोड भन्दा बढिको कारोवार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
मेलामा २ सयभन्दा बढि दैनिक उपभोग्य सामग्रीहरुको स्टल राखिएको छ भने बिभिन्न मनोरञ्जनात्मक बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ । दैनिक दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका कारण पनि मेलाको रौनक बढेको महतले बताउनुभयो । मेलामा तराई क्षेत्रमा खेलिने प्रसिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ । मेलाको सातौं दिन बिहिबार शिब हमाल, दि मोशा व्याण्ड, रोशन श्रेष्ठ, रिता केसी, सरिमा श्रेष्ठ, उदेश श्रेष्ठलगायतका कलाकारले सांगितिक प्रस्तुती दिए । मेलामा ज्योती मगर, प्रमोद खरेल, राधिका हमाल, बद्रि पंगेनी, गुल्मी गाइज, कमल खत्री, कोमल वली, बैकुण्ठ महत, कमल क्षेत्रीलगायतको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले आयोजना गरेको मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टलहरु रहेको मेलाका संयोजक दिपक थापाले जानकारी दिनुभयो । त्यसैगरि मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहेको छ ।