‘झुठो समाचारमाथि नियमन हुन्छ’

94

चैत ३०,
धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रे आज बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उहाँले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापीरुपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेसमाथि नियन्त्रण नगर्ने स्पष्ट गर्नुभयो ।
पछिल्लो समयमा पत्रकारबाट गलत सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाजले जे मन लाग्यो त्यही गरेकामा आपत्ति जनाउनुभयो । सामाजिक सञ्जाललाई अब यस्तो गर्ने छुट नभएको बताउँदै उहाँले त्यसको नियमन गर्ने बताउनुभयो । “कानून र संविधान कहाँको पत्रकारले मान्दैन ? त्यो बताउनुभयो प¥यो”–उहाँले भन्नुभयो, “अधिकार र उत्तरदायित्व सँगसँगै जान्छ ।”