चैत२५,
विराटनगर । गोली लागेर घाइते आचार्य श्रीनिवास खतरामुक्त रहेको उनी उपचाररत अस्पताल प्रशासनले जनाएको छ ।आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार कसले गर्यो भनेर एकीन जानकारी आएको छैन तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ । त्यसैले गोली प्रहारमा पनि उसैको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।