चैत २१,
सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीको गाडीमा तोडफोड भएको छ। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसअगाडि मध्पश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले मन्त्रीको बा२झ १५६६ नम्बरको गाडीमा तोडफोड गरेका हुन्। गाडी तोडफोड हुँदा मन्त्री खड्का गाडीमा सवार नभएको तर माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी गाडीमा रहेको प्रहरीले बताएको छ। रेग्मी सकुशल रहेका छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा विभिन्न माग गर्दै आन्दोनमा उत्रिएका विद्यार्थी कार्यवहाक स्ववियु सभापति पक्राउको विरोधमा प्रदर्शन गरिरहेको समयमा मन्त्रीको गाडी सोही बाटोबाट आएको देखेर विद्यार्थीहरुले गाडीमा तोडफोड गरेका हुन्। गाडीको अगाडिको सिसा फुटेको छ। स्ववियु र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीकेन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले विरोध गर्दै आएका छन्। जसका कारण विद्यार्थी संगठनबीच नै झडप हुने स्थिति रहेको छ।













