सरकारी ढुकुटी रित्तो छ भन्ने अर्थमन्त्रीको भनाई ‘अतिरन्जित’

246

चैत २०,
काठमाडौं । काँग्रेस सांसद मिनेन्द्र रिजालले सरकारी ढुकटी रित्तो छ भनेर अर्थमन्त्री डा युवराज खतिवडारे प्रस्तुत गरेको स्वेतपत्रलाई अतिरञ्जित भनेर टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै साँसद रिजाल, स्वेतपत्र जारी गर्नु सकारात्मक भएपनि स्वेतपत्रमा समावेश गरेका बुँदाहरु विनाअध्ययन र हावादारी शैलीमा प्रस्तुत गरेको बताए । उनले अर्थतन्त्र कमजोर भएपनि अर्थमन्त्रीले भनेजस्तो कहालीलाग्दो भने नभएको बताए ।‘लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई जोगाउने हो भने यस्ता निराशावादी वक्तव्य दिनु उपयुक्त हुँदैन । दोष दिने जिम्मेवारीबाट पन्छिने काम नगर्नुस् । आरोप र प्रत्यारोपबाट हिँडने हो भने तपाइको अनुभवमाथि प्रश्न उठन सक्छ । यो तरिका उपयुक्त भएन । अर्कालाई दोष लगाउने नेपाली राजनीतिमा अर्थमन्त्रीज्यू तपार्इँ पनि उभिनुभएको छ । बजेट बनाउदा, नीति तथा कार्यक्रम बनाउँदा त्यो लाइनबाट टाढै रहनुस्’ रिजालले सुझाव दिए । उनले देशको अर्थतन्त्र कमजोर भएपनि संरचनागत समस्याको समाधान सम्भव छैन भन्नु अध्ययनविनाको टिप्पणी भएको बताए । उनले भने ‘संघीयता र लोकतान्त्रिक गणतन्त्रको बाटामो जान साँचो अर्थमा स्वेतपत्र ठिक छैन’ संसदको ध्यानआकृष्ठ गर्दै उनले । देशको अवस्था र अर्थतन्त्रको निश्पक्ष विश्लेषण गर्न जरुरी भएको बताए । बैठकमा साँसद मोहन बानियाँले दुर्गम क्षेत्र विकास समितका १३ वटा समिति खारेज गर्ने सरकारी तयारीको विरोध गरे । त्यसतै सत्तारुढ दलका साँसद अग्नि सापकोटाले तातोपानी नाका सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै उनले भुकम्प पीडितलाई सरकारले दिने भनेको थप एक लाख रुपैयाँमा अघिल्लो सरकारले जालझेल गरेको आरोप लगाए ।