Tuesday, September 29, 2026
Home समाचार मुखमा पेट्रोल हाली आगो लगाउँदा

मुखमा पेट्रोल हाली आगो लगाउँदा

343

चैत १५,
कञ्चनपुर । मुखमा पेट्रोल राखेर सलाई कोरेर आगो लगाउने कञ्चनपुरको महाकाली नगरपालीका १ चाँदनीका अन्दाजी ३५ वर्षीय दमन गिरी गम्भीर घाइते भएका छन्। पेट्रोलबाट निस्केको आगोले जलेर गिरीको मुख, छाती लगायतमा गम्भीर घाउ भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर सेटीले बताए। घाइते गिरीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको खटिमा लगिएको छ।