चैत १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजबुत र राष्ट्रिय एकताका साथ मुलुकको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र अफ्ठ्यारोमा रहेको र समृद्ध नेपालको लागि आर्थिक विकास अनिवार्य रहेको बताएका हुन्। नेपालको अर्थतन्त्र ुडेप्थ सीु जस्तै होचोरकम रहेको हुनाले यसलाई माथि उकास्न पहिलो प्राथमिकता रहेको बताए। मुलुकको विकासकै लागि भनेर जनताले दुईतिहाइको सरकार बनाउन पुग्ने गरी मत दिएको र जनताको त्यो आशालाई सरकारले पूरा गरेरै छाड्ने प्रधानमन्त्रीको भनाइ थियो। सरकार नियमित नीति र गतिमा मात्र चल्दैन रकेटको गतिमा चल्छ, नेपाललाई सिंगापुर र स्विजरलेन्डजस्तो नभएर नेपाल जस्तै बनाउँछौँ,ु प्रधानमन्त्री ओलीले भने। हाम्रो देशमा व्यापक रूपमा सामाजिक पछौटेपन रहेको र निकट भविष्यमै साक्षरता उन्मूलन गर्ने उनले बताए। ुहाम्रा कतिपय स्थानमा भन्नै लाज हुनेगरी सामाजिक पछौटेपन छ, उनले भने, अब हामीले नारामा मात्र सीमित नगरेर व्यवहारमै काम गरेर देखाउनुपर्छ,। विद्यालय भर्न अभियानलाई सार्थकता दिन वैशाख ५ गते आफूले पनि पिछडिएको क्षेत्रबाट एक बालिकालाई स्कुल भर्ना गर्न जाने प्रधानमन्त्री ओलीले सुनाए। जनताको साथ लिएर समृद्ध नेपाल बनाउने, भ्रष्टाचार उन्मूलन गर्ने र हिंसाको आडमा कोही कसैलाई फाइदा उठाउन नदिने पनि प्रधानमन्त्री ओलीले बताए। आउँदो हिउँदबाट जाडोले कठ्यांग्रिएर मरेको भन्ने हामी कसैले सुन्नुपर्दैन, मान्छेको मूल्यभन्दा कमलको मूल्य बढीजस्तो हुन सरकारले दिनेछैन, उनले भने। देश विकासमा श्रमजीवीहरूको पनि ठूलो भूमिका हुने हुनाले सरकारलाई उनीहरूको समेत साथ चाहिने प्रधानमन्त्री ओलीको भनाइ छ। ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय महाधिवेशन १७ चैतसम्म चल्नेछ।