चितवनमा दमकल अभाव

1319

चैत १३,
चितवन । सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।
भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको दमकलको क्लज सिलिण्डरमा समस्या देखिएको छ जसको पार्टपुर्जा पाउन कठिन भएको छ । अर्को चार हजार क्षमताको भारतीय टाटा कम्पनीको २१ वर्ष पुरानो दमकल चल्ने र बिग्रने भइरहेको छ । राप्तिवारीको पूरै चितवन र गैँंडाकोट क्षेत्र सोही दमकलले धान्नुपर्छ । माडी नगरपालिकामा एउटा दमकल छ । राप्तिवारीको एक महानगरपालिका, चार नगरपालिका र एउटा गाउँपालिकालाई एउटै पुरानो दमकलको साहाराले आगो निभाउनुपर्ने बाध्यता छ ।