एजेन्सी । रासस÷एएफ्पी ।जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति लाई आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा पक्राउ गरेको छ । पुज्डमोनलाई स्थानीय समय अनुसार विहान ११ः१९ बज स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ, जर्मन प्रहरीका प्रवक्ताले एएफ्पीलाई बताउनुभयो । उहाँलाई यूरोपेली पक्राउ पूर्जीका आधारमा जेलमा राखिने छ । “पूर्व स्पेनी नेता अहिले प्रहरी हिरासतमा हुनुहुन्छ,” प्रहरी प्रवक्ताले भने । पुज्डमोनको दलका प्रवक्ता आन्ना ग्राबालोसाले पनि आफ्ना नेताको डेनमार्कबाट जर्मनी जाने क्रममा जर्मनीको एक राजमार्गबाट पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।
ग्रावालोसाले भन्नुभयो, “नेता पुज्डमोनलाई हिरासतमा सकुशल राखिएको छ । अहिले मैले यतिमात्र भन्न सक्छु ।”
स्पेनको क्याटलोनियालाई स्वतन्त्र राज्य बनाउने अभियानमा लागेका पुज्डमोनमाथि स्पेनको केन्द्र सरकारद्वारा ‘राज्यद्रोह’ गरेको आरोपमा पक्राउ पूर्जी जारी गर्दै खोजीको सूचिमा राखिएको थियो ।