मध्यपुरथिमि नगरपालिका मेयर विरुद्ध उपमेयरको एक्सन (भिडियो सहित)

1204

चैत ९,
भक्तपुर । मध्यपुर थिमि नगरपालिका भक्तपुरमा दुई फरक दलका नगरप्रमुख र उपप्रमुख हुदाँ काम भन्दा विवाद धेरै हुने गरेको छ । शुक्रबार नगरपालिकाकी उपप्रमुख अन्जना देबि मधिकर्मीले नगरप्रमुख मदन सुन्दर श्रेष्ठले मनोमानी ढंगले अगाडि बढेको भन्दा पत्रकार सम्मेलन नै गरिन् । नगरप्रमुख श्रेष्ठ नेकपा एमाले र उपप्रमुख मधिकर्मी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उक्त नगरमा कांग्रेसले ६ ओटा वडा सहित बहुमत कार्यापालिका सदस्य जितेको छ । उनले भनिन् ‘मेयर सापले एकलौटी ढंगबाट अगाडि बढ्नु भो, सहकार्य गरेर कुनै काम गर्न चाहानु नै भएन ।’ आफुलाई मात्र नभएर नगरप्रमुख श्रेष्ठले कार्यापालिका सदस्यहरुको बहुमत सम्मान नगरेको उपप्रमुख मधिकर्मीको आरोप छ । मनोमानी ढंगले जरिवना, कर, तालाबन्दी गरेको भन्दै अब पूनः यस्ता कार्यगरे आन्दोलनमा जाने उनको चेतावनी छ । तर केही दिन अगाडी क्षयरोग अस्पताल र नगरापालिकाबीच भएको सहमतिको समयमा उपप्रमुखसंगै थिइन् भने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेकी थिइन् ।