नेपालको ६९ बर्षे हवाई इतिहासः ८५ बिमान दुर्घटनामा ७ सय १८ मृत्यु

419

नयाँ नेपाल न्युज
फागुन २८,
काठमाडौ । नेपालमा पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा विचक्राफ्टा ल्यान्ड भएको थियो । यसैगरी सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइट भएको थियो । त्यसलगत्तै राजा मेहन्द्रले गौचर विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) उद्घाटन गरेका थिए । सन् १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडान सुरु गरेको थियो । सन् १९६४ मा त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएको थियो । नेपालमा अहिले ३० वटा एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय र १९ वटा आन्तरिक उडान गरिरहेका छन् । नेपाली हवाई क्षेत्रले ६९ वर्षको यात्रा पूरा गरिसकेको छ । समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा राखेको थियो । केही समय अगाडी मात्र आइकाओले नेपालको आकाश सुरक्षित रहेको भन्दै फुकुवा गरिसकेको छ ।

नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्रा्िष्ट्रय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो । यो नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना थियो ।
त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए ।

हवाई इतिहासमा सोमबार भएको दुर्घटनासम्म आइपुग्दा ८५ जहाज दुर्घटना भएका छन् । जहाज दुर्घटनामा परी ६ सय ६८ जना विदेशी र स्वदेशी नागरिकले ज्यान गुमाइसेका छन् । जसमा यूएस बंगला एयरको दुर्घटनामा मृत्यु हुनेको संख्या थपिएको छैन् । जसमा ७१ जना यात्रु सवार थिए ।

हामीले यो समाचार तयार पर्दासम्म ५० जनाको मृत्यु भएको छ । जुनसंग्र नेपालमा ७ सय १८ जना हवाई दुर्घटनामा परि मृत्युवरण गरेका छन् ।
नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना स्न १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो। त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाउनुपरेको थियो । सन् १९९२ मा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा पनि एक सय १३ जनाले ज्यान गुमाएका थिए । यसैगरी नेपालको हवाई इतिहासमा आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज थियो। त्यसमा २५ जनाको मृत्यु भएको थियो ।