आज राष्ट्रियसभाका मनोनित सदस्यको सपथ ग्रहण

127

फागुन २५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन गरेको तीन जना राष्ट्रिय सभा सदस्यले शुक्रबार आज शपथ ग्रहण गर्दैछन् । दिउँसो १२ बजेपछि ओली सरकारले मनोनित गरेका सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र डा.विमला पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका हुन् । सपथ ग्रहण नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।
यसअघि १३ फागुनमा ओलीले मनोनित गरेको सदस्यको सपथ रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
तर, बुधबारको इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने बताएसँगै ओली सरकारले मनोनित गरेका सदस्यहरुको सपथ ग्रहण गर्ने बाटो खुलेको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।