गैसस महासंघ भक्तपुरको अध्यक्षमा बजगाई

337

फागुन २२,
भक्तपुर । गैरसरकारी संस्था (गैसस) महासंघ जिल्ला शाखा भक्तपुरको छैठौ जिल्ला अधिवेशनले सोम शर्मा बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । आज सम्पन्न शाखाको छैठौ जिल्ला अधिवेशन एवं १५ औ वार्षिक साधारणसभाले उपाध्यक्षमा जयराम थापा, सचिवमा नारायणप्रसाद न्यौपाने, कोषाध्यक्षमा पहलमान श्रेष्ठ, र सहसचिवमा अनिता पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा रमेश गिरी, लीला श्रेष्ठ, प्रकाश सायजू, शान्ता मैनाली चूडाल, सूर्यबहादुर बुढाथोकी, शारदा पन्त र राजेन्द्र खड्गीलाई चयन गरेको छ । सल्लाहकारहरुमा बरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, जुना बस्नेत र शुसिला सुवेदीलाई चयन गरेको छ । त्यसैगरि संस्थाले शान्ता मैनाली चूडालको संयोजकत्वमा हेमराज ढकाल समेत सदस्य रहेको सूचना तथा संचार उपसमिति गठन गरेको छ, भने महिला समितिमा लीला तिमिल्सिना र जनशक्ति परिचालन एवं व्यबस्थापन उपसमिति सदस्यमा कृष्णगोपाल त्वायनालाई चयन गरेको छ । अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं. ३ का सांसद हरिशरण लामिछानेले लोकतन्त्रको स्थापनामा गैससको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गैससको भूमिकाले दक्षिण एशियामै नेपालका महिला हरेक क्षेत्रमा अग्रस्थानमा रहेको बताएका छन् । कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कृष्ण गौतम, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैसस महासंघका केन्द्रीय कोषाध्यक्ष जीतराम लामा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गैसस महासंघ भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवाललगायतले शुसासन, जवाफदेहिता, पारदर्शिता र विकासका लक्ष्यका साथ गैससको भूमिका महत्वपूर्ण रहेको बताए ।