मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन नगर्न महेश बस्नेतको चेतावनी

504
सांसद महेश बस्नेत

पुस २८,
भक्तपुर । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन नगर्न नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेत चेतावनी दिएका छन् ।
सिमित व्यक्ति र नसिंङ एशोसियनको चुनावी नाराको रुपमा अस्पतालमा राजनिति नगर्न सम्बन्धीत पक्षलाई बस्नेतले आग्रह समेत गरेका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै युवा नेता बस्नेतले केही समय अगाडीदेखि उक्त अस्पतालमा व्यक्तिगत स्वार्थको लागि आन्दोलन भएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरे । ‘मानव अंग प्रत्यारोपण केन्द्र नेपालको मात्र नभएर संसारकै एक नमुना अस्पताल भएकाले यसको विरोध गर्नु सकारात्मक होइन,’ बस्नेतले भने ।
अनेक स्वास्र्थको कारणले मानव अंग प्रत्यारोपण केन्द्र र निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठको टोलीलाई असफल बनाउनले खेल स्वरुप त्यस्तो आन्दोलन भएको बस्नेतको दाबी छ ।
भक्तपुरबासी मात्र नभएर सबै नेपालीहरुको मृगौला रोगको उपचार गर्ने एउटा नमुना अस्पतालमा आन्दोलन गरेर नाकट मञ्चन भएको भन्दै उनले आन्दोलनको औचित्य नभएको बताए । २०७४ साउन २९ गते मानव अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षदेखि कार्यरत नर्स त्रजिना जतिको करार नविकरण नभएपछि उक्त अस्पतालमा आन्दोलन भइरहेको छ ।