बुधबारबाट कोरियन भाषा परीक्षाको आवेदन खुल्दै

286

चैत ७,
काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम आगामी बुधबार चैत ९ गते देखि खुला हुँदैछ । यो पटक अनलाइन फारम भर्नुपर्नेछ ।
चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न सरकारले सबै तयारी सकाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने सुविधा दिइने छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।
शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन ।
यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।
रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।
आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देश्क खतिवडाले बताए ।
अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो । अनलाइन खबरबाट