कथाः लास फिर्ता नपाएपछी भाग– अन्तिम

472

जानु काम्बांग लिङ्गदेन
हान्ग्माले सबैको सामु अन्तिम पटक बोलिन ठिकै छ माई लड़ मलाई आशा छैन । श्लोकको पैसाको र गर्दिन पनि तर श्लोकले बाचुन्जेल शुख कति दियो त्यो मलाई थाहा छैन मरेपछिको दुख चाही उसको आमा बाबालाई नहोस भनेर लास लान खोजेको हो । छोरोको लास नदेखे सम्म मरेको बिस्वाश गर्न सक्दैनन् उहाँहरु धेरै बुढाबुढि भइसके । तर कोटबाट फैसला भैसकेको थियो सबै हिड्दै थिए । साँझ पर्न लाग्दैथ्यो । श्लोकको कम्पनीले पनि आफ्नो गल्ति नभएको, उनले मेशिन चेकचाज गर्ने दिन अघिल्लो दिन रहेको र त्यो दिन ऊ ड्युटी नआएर आफ्नो स्वास्नी संग ईटाली घुम्म गएको जाँच अनुसन्धानबाट पत्ता लगाईसकेको बतायो र उसको त्यो कानुनी श्रीमतीले पनि बयान स्वीकारेकी थिई ।
अन्य कामदारहरुले सोहि कम्पनीको रुटिंग बोर्ड हेरेर काम गर्ने गरेको बताए । त्यो दिन श्लोक त्यहाँ भित्र पस्ने दिन नपरेकोले आफ्नो ड्युटी सुरु गर्न कामदारले मेसिन चालु गरेको थिए । कम्पनीको वकिलले कामको सबै रुटिंग पेस गरि कम्पनीलाई बचाएर आफ्नो झोलामा कागज पत्र हाली बाटो लागिसक । रात जमिनमा खस्न हतारिन्दैथ्यो सबै निस्किए अदालत बन्द भयो । अदालतबाट फर्किए पछि हान्ग्मा पागल जस्तै भईन् । बुटवल घर भएको एकजना दिदी दाजुहरुले बसुन्जेलको लागि भनेर आफ्नो घरमा एउटा कोठा उपलब्ध गराएका थिए ।
उनको रेख देख पनि सबैले गर्दै थिए । हान्ग्माले बल्ल पो थाहा पाईन श्लोक किन परिबर्तन कुरो । सांझ सबै सहयोगी दाजु भाई, दिदि बहिनिहरु भेला भएर श्लोकको बारेमा जाने बुझेको खोज तलाश गर्दै ल्याएका कुरोहरुलाई छलफल गर्न बसे ।
हान्ग्माले दिनमा अदालतमा जे जे भयो सबै कुरो प्रस्ट राखिन् । सबै छक्क परे किनकी श्लोकको नयाँ श्रीमतीको बारेमा कसैलाई जानकारी थिएन ।
ढलक छेत्रीले भन्यो ..लौ कुरो त बल्ल पो थाहा भयो ? हाम्रो नेपाली समाजमा कहिल्यै नि आएन कति बोलाईयो पार्टी तिर सदस्य बन्ने अनुरोध गरियो । तर साथि कहिले देखा परेन नेपाली र नेपाली समाजदेखि जहिले टाढै रहन खोज्यो कारण आज थाहा भयो । सायद फ्रान्सेली श्रीमतीलाई समाज देखि र हामिदेखी टाढै राख्न चाहान्थ्यो । अर्को एकजना दाईले कुरो थप्यो तेसो होइन उहा आफ्नो ईज्यत पनि बचाउन चाहन्थ्यो सायद ! एक दिन हामी सगै घुम्म गएका थियौ प्यारिस टावरमा दिनभरी घुमियो क्याफे मा बियर खाईयो तर तेस्तो केहि थाहा पाईएन ।
सबैको कुरो सुनेर घरको दिदीले भन्नु भो कतै त्यो आईमाईले पैसा खानलाई झुठ त बोलेको छैन ? सान्नाटा छायो बैठक कोठामा सबै चुपचाप हेरहेर गरे झ्वाट्टै घरको दाईले भन्यो ..होइन एकपल्ट नेपाली राजतुताबासमा उजिरी हालौ ? सबैले हो मा हो थपे कोहि भन्दै थिए हो हामीले बहिनीको लागि पनि केहि गर्नु पर्छ येत्रो दुख गरेर आउनु भाछ । ल ल तेसै गर्ने भन्दै सबै आ आफ्नो गुडतिर लागे ।
हान्ग्मा एक्लै पल्टीरहिन ।
सोचिन् होइन होला तेस्तो झुठ भए कसरि प्रमाण पेसी त ? फेरि श्लोकको हरेक कागज पत्र तिर पनि श्रीमतीमा उसको नाम कसरि हुन्छ ? आफैलाई प्रश्न गरिन् ..उनलाई छोरा र छोरीको याद र चिन्ताले असाध्यै पिरोल्न थाल्यो । श्लोकको मृत्युले भन्दा धेरै छोरा र छोरीको चिन्ताले भित्र भित्रै जलाईरह्यो उनि एक्लै जल्दै थिईन् । सोच्न नचाहेर पनि सोच्दै थिईन् श्लोकको बारेमा । कता कता रिस उठ्यो तर पनि उनले हार्दिक स्रदान्जली नै दिइन् मन मनै । आफ्नो लोग्ने माथि दया जागेर आयो ्र आखिर मलाई राम्रो मुखले बिहे गरेको कुरो भनेको भए पनि त नाई भन्ने थिइन होला ? छोरोको डक्टर पढ्ने ईच्छा अनि छोरीको अस्ट्रेलिया जाने रहर हान्ग्माकै छाती भित्र बल्दै थियो, लाग्थ्यो केहि बेरमै खरानी हुनेछ ? एक्लै गुन्गुनाइन् अब के गर्ने कसो गर्ने उफ्पÞm. ? उसको गुनगुन त्यो कोठामा रहेका सबै चिजले सुने तर त्यहाँ उनलाई सान्त्वना दिन सक्ने सजिब केहि थिएन् । अब बाकि जिन्दगीमा के गर्ने ? मनभरी प्रश्नको चाङ्ग लागाउदै आँखाबाट बर्बर्ती आँशुको मूल फुटाएर बगाउदै मनभित्रको ज्वारभाटा निभाउन थालिन् ।
भोलि पल्ट बुधबारको दिन थियो । सबेरै चिया नास्ता खाएर सबै राजदुताबास पुगे । त्यहाको कर्मचारी मार्फत पनि हान्ग्माको मुद्दा चल्दै रहेछ खबर पाएर हान्ग्मा खुशी भईन् । त्यहाँ बसोबास गर्ने नेपालीहरुको अपोनत्व,मेलमिलाप,एकार्कामा सरसहयोग सबैले हान्ग्मालाई धेरै हिम्मतिलो बनाउदै थिए । एक महिना पछि बल्ल मुद्दाको सुनवाई भयो श्लोकको ईन्सुरेन्सबाट थुप्रै पैसा दियो तर हान्ग्माले केहि पाईनन् ।
तर त्यहाको राजदुताबासले धेरै राम्रो काम गरिदियो हान्ग्मा र उनको छोरा छोरीले पनि फ्रान्समै बस्न पाउने भयो । हान्ग्माको दुख देखेर श्लोकको गोरेनी श्रीमतीले बिसेष यहाँ बस्ने आबासिय भिषा मिलाई दिएको र महिनाको युरो १००० पाउने गरि केहि कागज पत्र पनि मिलाई दिएको जानकारी पत्र अदालतबाट आयो । श्लोकको अन्तिम सस्कार सकेर हान्ग्मा नेपाल आईन अनि छोरी ११को परिक्षा सकेपछि लिएर फ्रान्स आईन् । फ्रान्समा बसेर छोरोलाई डक्टर पढाउन थालिन् उनले धेरै संघर्ष गर्नु परे पनि आफ्नो लक्ष निर्धारण गरिसकेकिले सजिलो भयो ।
अहिले उनलाई लाग्छ बिना लक्षको यात्रा धेरै कठिन मात्र होइन अधुरो पनि हुँदोरहेछ तर यात्राको लक्ष निर्धारण गरेर हिडेमा पुग्न सजिलो हुँदोरहेछ ।
हान्ग्माको जिबनमा पनि यस्तै भयो । अहिले श्लोक बिनाको जीवनमा पनि उनि खुशी छिन् । बेला बेला भन्छिन् श्लोकलाई मैले यी दुई सन्तानको बाउको रुपमा भेटेकी मात्र रहेछ । मेरो जीवनमा यी दुई सन्तानको खाचो थियो तेतिको लागि भेट भएको रहेछ ।
ऊ त जिउदोमा पनि मेरो थिएन र मरेपछि पनि मेरो भएन । अचेल फ्रान्स को मोहमा बसरे हान्ग्मा यस्तै सोच्छिन् अनि भन्छिन् यहाँ म जस्ता एक्लो यात्री कति होलान् कति ? उसले सुने जानेको र देखेको ठाउहरुको बखान गर्छिन् । यो मुस्काई रहेको फुलै फूलको सहर प्यारिस्मा म मात्र कहाँ एक्लो छु र ?
उही प्यारि नामको सुन्दर फूल आफ्नो प्रेमिकालाई उपहार दिएर आफ्नो बनाउन खोज्दा खोज्दै टाढिने प्रेमी पनि त एक्लो भएको थियो होला ? तारा नाथ सर्माको प्यारिस को पोक्ची या लियोनर्दोदा भिन्चीको मोनालिसा पनि त एक्लै छ नि ? सन् १९९० मा बनेको लुभ्र दरबारमा राजा लुईस सोर्हौको पालादेखि राजतन्त्रको अन्त्य पछि त्यो दरबारको पिरामिडको भित्ता भित्रको सिशामा दरबार रुघ्न लगाएर अलगै एक्लै राखिएको छ बिस्वबिख्यात मोनालिसा । उनि मुस्कुराएरै संसारलाई लोभ्याउदै युरो तान्छिन् डलर पौण्ड कमाउछिन्न दिनभर उनलाई हेर्न हातमा पैसा बोकेर रमितेहरु लाईन लाग्छन् ।
उनि साच्ची यो देशको लक्ष्मी हुन् उनले अर्थतन्त्र बढाउनमा ठुलो सहयोग प्रदान गरिरहेकी छिन् । मन्द मन्द मुस्कुराउदै महिला पुरुष सबैलाई मोहित तुल्याउछिन्न । हेर्दा हेर्दै हस्छिन्न अनि रुन्छिन् पनि । उनलाई पनि त एक्लो बस्ने रहर कहाँ थियो होला र ? आफ्नो लोग्ने डेल्जियो कुँडोसंगै टासिएर बस्ने बिचार थियो होला ? उनले कति बिन्ती गरेकी होलिन् लियोनर्दोदा भिन्ची संग आफ्नो जस्तै तस्बिर लोग्नेको पनि बनाईदिनु भनि ? लियोनर्दोदा भिन्चिले जिसस क्राईसको अन्तिम रात्रिभोज नामक चित्र कोर्दा कोर्दै उनको लोग्नेको चित्र बनाउन बिर्सेकोले या नभ्याएको पनि त हुन सक्छ ।
उनि अहिले सम्म पनि एक्लो छिन् । आफ्नो लोग्ने आउने आशामै उनि मुस्कुराएको हुनु पर्छ ! युरोपको ७ अस्चार्य जनक बस्तु मध्धेको आईपÞm्ल्ल टवार पनि त एक्लो छ नि ? सभ्याताको उचाई छुन तन्किन्दै तन्किन्दै अग्लिरहंछ एक्लै । उसको छेउमा बस्ने अर्को तेस्तै टावर कहाँ छ र ? हाम्रा गाउ घरमा जस्तो बरको छेउमा पिपलु कहाँ हुन्छ र यहाँ ? यस्तै सोच्दै हान्ग्मा बाचेकी छन् प्यारिसको मोहमा आफ्नो छोरो डाक्टर सुमन र छोरी श्रद्धासंग ।
ताप्लेजुङ्ग, हालः बेलायत
समाप्त