मलेशियामा लालजोडी प्रदर्शन हुने

301

काठमार्डौ । फिल्म लालजोडी’चाइनीज नयाँ बर्षको छेकोमा मलेसियामा प्रदर्शन हुने भएको छ । लक्ष्मण सुवेदी निर्र्देिशत उनकै लेखन, निर्माण रहेको फिल्मलाई मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी हुन् । लामो समयदेखि मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार व्यवसाय गर्दै आइरहेकी मनुले मलेसियामा लालजोडीको माग भएकाले हलमा प्रदर्शन गर्न लागिएको बताइन् । ‘मलेसियामा रहेका नेपालीले लालजोडी हेर्न इच्छा गरेकाले हलमा प्रदर्शन गर्न लागेका हौ,’ मनुले भनिन् । ’दर्शकले माग गर्ने नेपाली फिल्म मलेसियाका बिभिन्न शहरमा नियमीत रुपमा प्रदर्शन गर्ने तयारीमा छौ’ उनको भनाइ छ । गत भदौमा नेपालमा प्रदर्शन भएको फिल्म कमेडी जनरा मन पराउने दर्शकको लागी राम्रो खुराक बन्नसक्छ । फिल्म मेलेसियाको क्वालालाम्पुरस्थिति फेडरल थिएटर ’चो किट’ र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन हुदैछ । नक्कली बाबुराम समेत रहेका ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, वुद्धी तामाङ लगायत फिल्ममा लिड अभिनयमा छन् ।